११ एसपीको सरुवा र पदस्थापन

Machchapuchchre

अर्थ  राजनीति  ~  राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ११ जना एसपीको सरुवा भएको छ । गुप्तचरमा केही समयअघि डीएसपीबाट एसपीमा बढुवा भएकाको पदस्थापन र केही नयाँ एसपीहरुको सरुवा भएको हो । भक्तपुरमा टेकराज तिमिल्सेना, तनहुँमा उत्तम खनाल, चितवनमा शेरबहादुर चन्द, गोरखामा सुदिप अधिकारी, सुर्खेतमा जयन्द्र उपाध्याय र हेटौंडा तालिम केन्द्रमा विकास पाण्डेलाई सरुवा गरिएको हो । त्यस्तै मकवानपुरमा पप्पु शर्मा, कास्कीमा मनोज ढकाल, सर्लाहीमा चन्दन झा, बर्दियामा प्रज्वल खड्का र सुरक्षा परिषद्मा लक्ष्मी पौडेलको सरुवा भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्