ओली – “सोमबारसम्म सच्चिनका लागि समय दिएका छौँ “

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलका नेतालाई बोकेर हिँड्ने नेतालाई पर्खेर बस्न नसकिने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले सोमबारसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै गरेको हस्ताक्षर फिर्ता गरेर आउन माधव नेपाल पक्षलाई आग्रह गरेका हुन् । ‘प्रतिपक्षी मोर्चामा हस्ताक्षर गर्दै हिँड्नेलाई पर्खेर बस्न सकिँदैन । विपक्षी पार्टीका नेतालाई बोकेर हिँड्नेलाई पर्खिरनुपर्ने आवश्यकता पनि छैन, अब एमाले अघि बढ्छ,’ उनले भनेका थिए, ‘सोमबारसम्म सच्चिनका लागि समय दिएका छौँ । त्यो समयसीमाभित्र नसच्चिनेलाई पार्टीमा ठाउँ छैन ।’ओलीले केन्द्रीय कमिटी २ जेठ २०७५ को अवस्थामा फर्किएको पनि दाबी गरे । ‘यो २ जेठकै अवस्थाको बैठक हो । अहिलेको बैठकमा नआउनेलाई पर्खिन सकिँदैन, जो आउँदैन ऊ अर्को पार्टीमा जान्छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्