आइपीओ जारी गर्ने लाइनमा हाइड्रोपावरसहित २१ कम्पनी

Machchapuchchre

अर्थ राजनीति  ~  आइपीओ निष्कासनका लागि लघुवित्त, जीवन बीमा र जलविद्युत कम्पनी गरि २१ वटा कम्पनी लाइनमा छन्। बाँटफाँट ढिलो आइपीओ खुल्ने क्रम छिटो हुने देखिएको छ। १५ वटा हाइड्रोपावरसहित तीन जीवन बीमा, दुई लघुवित्त र एउटा अन्य समूहको कम्पनीहरु आइपीओ जारी गर्न लाइनमा रहेको धितोपत्र बोर्डले जनाएको छ। पहिले पहिले थोरै कम्पनीका आइपीओ आउने र बाँडफाँट छिटो हुन्थ्यो। अब धेरैको छिटो छिटो आउने भएपछि एउटाको बाँडफाँट र दोस्रो बजार कारोबार सुरु नहुँदै अर्कोको आवेदन खुला हुने भएको छ। सेयर बजारमा नयाँ लगानीकर्ता पनि निकै बढेका छन्। दिनदिनै डिम्याट खाता खुल्ने, मेरो शेयर आइडी लिने, टीएमएस युजर लिने पनि बढेका छन्। सेयर आवेदनका लागि अनलाइन प्रणालीले सहज बनाएपछि भर्नका लागि बेंक तथा वित्ती संस्था धाउनैपर्ने बाध्यता हट्दा आवेदकको संख्या अस्वभाविक तवरले बढेको छ। सीमित कित्ताका लागि कयौं गुणा बढी आवेदन परेको देखेर आइपीओ ल्याउन पाइपलाइनमा रहेका कम्पनीहरु पनि उत्साहित देखिएका छन्। करिब दुई महिना लामो निषेधाज्ञाका कारण आइपीओ निष्कासनको प्रक्रिया पनि अवरुद्ध भएपछि एकसाथ धेरै कम्पनीको आइपीओ जारी हुने भएको हो। अहिले जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट नहुँदै मनकामना स्मार्ट लघुवित्तको आइपीओ बिक्रीमा राखिएको छ भने युनियन लाइफको आइपीओ पनि यी दुई कम्पनीको बाँडफाँट नहुँदै असार २४ गतेदेखि निष्कासन हुने तय भइसकेको छ। यसले पनि आगामी दिनमा एक साथ धेरै कम्पनीको आइपीओ आउन सक्ने संकेत गरेको छ।

मध्य-भोटेकोसी, तेह्रथुम पावर र युनियन लाइफले आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाइसकेका छन्। यी मध्ये युनियन लाइफले असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कर्मचारी र सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई जारी गर्ने तय भइसकेको छ। मध्य-भोटेकोसीको एक अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर स्थानीय प्रभावितलाई बिक्री खुला गरिसकेपछि निषेधाज्ञा भएका कारण बीचमै रोकिएको थियो। अब पहिलो चरणमा स्थानीय प्रभावितलाई बिक्री नगरेसम्म सर्वसाधारणका लागि यो सेयर बिक्री खुल्ला गर्न पाइने छैन। तेह्रथुम पावरले भने निषेधाज्ञा खुकुलो भएपछि एक करोड २० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति पाएको छ। तर सर्वसाधारणलाई सेयर जारी गर्ने मिति भने टुंगो लाग्न बाँकी छ। अन्य १३ वटा हाइड्रोपावर, दुई जीवन बीमा कम्पनी र दुई लघुवित्त कम्पनीको आइपीओ भने अनुमति पाउने प्रक्रियामै रहेको बोर्डले जनाएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्