एमाले विवाद: नेपाल पक्षलाई दिइएको ‘समयसीमा समाप्त’

Machchapuchchre

अर्थ  राजनीति  ~नेकपा एमालेको संसदीय दलका उपनेताले पार्टी भित्र देखिएको विभाजन सम्बन्धी विवाद सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनाउने फैसलाले टुङ्गोमा पुर्‍याउने विश्वास आफूले लिएको बताएका छन्। यसअघि प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अघिल्लो साता बसेको पार्टीको बैठकले माधवकुमार नेपाल सहित असन्तुष्ट नेताहरूले प्रमुख विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भावी सरकारको नेतृत्व गर्न दिएको समर्थन सोमबार साँझसम्म फिर्ता लिन समयसीमा दिएको थियो। नेपाल समूहले पार्टी एकताका बारेमा सहमति नहुन्जेल हस्ताक्षर फिर्ता नहुने बताउँदै आएको छ। तर प्रधानमन्त्री ओली पक्षधर नेताहरूले नेता नेपाल पक्षले तत्कालै सो हस्ताक्षर फिर्ता लिनुपर्ने धारणा राखिरहेका छन्। प्रधानमन्त्री केपी ओलीले एमाले  नेपाल पक्षलाई दिइएको ‘समयसीमा समाप्त’ भएको छ भने अब के हुन्छ हेर्न बाकी नै छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्