प्रचण्ड : “केपी घेरामा परिसके, हामी बलियो बन्दैछौँ “

अर्थ राजनीति  ~  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका पक्षमा दृढ रहेर नेताहरूलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । बुधबार पाँच दलीय गठबन्धन निकट विद्यार्थी सङ्गठनका अध्यक्षहरूसँगको ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरूले परिस्थितिको सही मूल्याङ्कन गर्दा सही सूचना सम्प्रेषण हुने समेत बताए । सो अवसरमा प्रचण्डले केपी शर्मा […]

एमाले कार्यदल बैठक सकारात्मक, भोलि टुङ्गोमा पुग्ने नेताहरूको दाबी

अर्थ राजनीति  ~   नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरूले पार्टी भित्रको विवाद समाधान हुने दिशामा अघि बढेको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा बसेको एमाले कार्यदलको बैठक पछि पार्टी भित्रको विवाद समाधान हुनेतर्फ अगाडी बढेको नेताहरूले बताएका हुन् । बैठक पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेकपा(एमाले)का प्रवक्ता तथा कार्यदल सदस्य प्रदिपकुमार ज्ञवालीले कार्यदल भित्रको छलफल सकारात्मक […]

कांग्रेस नेता : कमिसनकै कारण सरकारले कोरोना खोप ल्याउन नसकेको हो?

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रियसभासदस्य नेपाल सरकार खोप ल्याउने कुरामा सम्पुर्णरुपमा असफल भएको दाबी गरे। अपरिपक्क कूटनीतिका कारण सरकारका सबै कूटनीतिक प्रयासहरु असफल भएको उनको भनाइ थियो। दक्षिण […]

साउनदेखि अवैध मोबाइल नचल्ने, पर्यटकका लागि कस्तो व्यवस्था छ त ?

अर्थ राजनीति  ~  नेपाल दुरसञ्चार प्राधिकरणले एमडिएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गर्न प्राविधिक काम भइरहेको बताएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अहिले चलिरहेको मोबाइल फोनलाई निर्वाध चल्न दिने गरी काम भइरहेको बताउनुभयो । साउन महिनाभरी मोबाइल प्रयोगकर्ताले आईएमईआई नम्बर दर्ता गराउन समय दिने तयारी गरेको बताउनुभयो । प्राधिकरणका अध्यक्ष खनालले कमसल, गुणस्तर नभएका […]

नेपालसहित अन्य देशका नेतालाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी

अर्थ राजनिती  ~  राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले आज नेपालसहित १ सय ६० भन्दा बढी मुलुकका नेतालाई सम्बोधन गर्दैछन् । बेलुकी भर्चुअल माध्यमबाट सीले सम्बोधन गर्ने सीपीसी अन्तर्राष्ट्रिय विभागगका प्रवक्ता हु चाओमिङलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यले उल्लेख गरेका छन् । सीपीसीले हालै मात्र स्थापनाको सय वर्ष भव्यरूपमा मनाएको छ । पार्टी शताब्दी […]

अब बेजिल्ले लिखत पारित हुनेः अनलाइन प्रणालीबाट जग्गा किनबेच सजिलो

अर्थ राजनीति  ~  आगामी साउन १ देखि जुनसुकै ठाउँको जग्गा जुनसुकै मालपोत कार्यालयबाट पनि किनबेच गर्न सकिने भएको छ। अहिले मालपोत कार्यालयको क्षेत्राधिकार भित्र मात्रै घरजग्गा किनबेच हुँदै आएको छ। साउनबाट भने दार्चुलाको जग्गा ताप्लेजुङबाट पनि किनबेच गर्न सकिने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। अहिले १२६ वटा मालपोत कार्यालयमध्ये ११८ वटा कार्यालयमा भू-सूचना […]

आयोगले बोलायो , महन्थ ठाकुर र उपेन्द्र यादव आ–आफ्नै अडानमा

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगले भोलि महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षलाई बोलाएको छ । भोलि आयोगमा हुने छलफलले पार्टीमा सहमति गरेर एकीकृत भएर जाने अथवा अलग भएर जाने तय हुने बताइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आधिकारिकताका लागि आयोगमा पत्र दर्ता गराएपछि अर्का अध्यक्ष […]

नेकपा एमाले एकता : माधव पक्षका नेताहरु सकारात्मक

अर्थ राजनीति  ~  नेकपा एमालेको एकता कायम गर्न सिंहदरबारमा बसेको कार्यदल बैठक सौहार्दपूर्ण र सकारात्मक भएको दुबै पक्षका नेताहरुले बताएका छन्। बैठकबाट निस्केर एमाले उपाध्यक्ष भीम रावलले पार्टीभित्रका आन्तरिक समस्यामाथि गम्भीर विश्लेषण भएको बताए। उनले निश्चित विषयवस्तुमा प्रवेश नगरे पनि समस्या समाधानका लागि सबैले प्रयास गर्ने र पार्टीमा एकता कायम गर्ने विषयमा छलफल भएको बताए। […]

आजदेखि उपत्यकामा थपिएको निषेधाज्ञा लागू हुने

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका […]

“प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः पदमुक्त” : एमिकस क्युरी

अर्थ राजनीति  ~  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट जवाफी बहस सकिएपछि अदालतका सहयोगीका तर्फबाट बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा नेपाल बार एशोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले बहस प्रारम्भ गर्दै संसद्मा एक पटक विश्वासको मत नपाएपछि प्रधानमन्त्री […]