कांग्रेस नेता : कमिसनकै कारण सरकारले कोरोना खोप ल्याउन नसकेको हो?

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कूटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रियसभासदस्य नेपाल सरकार खोप ल्याउने कुरामा सम्पुर्णरुपमा असफल भएको दाबी गरे। अपरिपक्क कूटनीतिका कारण सरकारका सबै कूटनीतिक प्रयासहरु असफल भएको उनको भनाइ थियो। दक्षिण एसियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किमअन्तर्गत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिँदै उनले भने,’ सरकार किन फेल भयो?’ ‘नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्णरुपमा फेल भएको स्थिति छ। कूटनीतिक प्रयासहरु फेल भएको छ। यो कसरी भयो किन फेल भयो? ती देश र ती कम्पनीहरुसँगको नेपालको सम्बन्ध किन चिसो भयो? नेपालको सरकारसँग किन डिल गर्न चाहेनन्। दक्षिण एशियाका ४ वटा देशहरुले ल्याउन सफल भए नेपालले किन ल्याउन सकेन? यो कुरा महसुस गर्ने कि नगर्ने?, उनको प्रश्न थियो। राष्ट्रियसभाकी सदस्य कोमल ओलीलाई इंगित गर्दै उनले खोप किन आउन सकेन भनेर आफूले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गरे। ओलीले राष्ट्रियसभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिदै व्यंग्य कविता बाचन गरेकी थिइन्। उनले वर्तमान सरकार कमिसन एजेण्टहरुको घेराउमा परेको दाबी पनि गरे। उनले कमिसनमा कुरा नमिलेका कारण कोभिडशिल्ड खोप आउन नसकेको दाबी गरे। कमिसन एजेण्डले पैसा नपाएको कारणले कोभिडशिल्ड खोप नआएको दाबी गरे।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्