नेकपा एमाले एकता : माधव पक्षका नेताहरु सकारात्मक

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेको एकता कायम गर्न सिंहदरबारमा बसेको कार्यदल बैठक सौहार्दपूर्ण र सकारात्मक भएको दुबै पक्षका नेताहरुले बताएका छन्। बैठकबाट निस्केर एमाले उपाध्यक्ष भीम रावलले पार्टीभित्रका आन्तरिक समस्यामाथि गम्भीर विश्लेषण भएको बताए। उनले निश्चित विषयवस्तुमा प्रवेश नगरे पनि समस्या समाधानका लागि सबैले प्रयास गर्ने र पार्टीमा एकता कायम गर्ने विषयमा छलफल भएको बताए। अर्का नेता गोकर्ण विष्टले पनि बैठक हार्दिक र सकारात्मक भएको बताए। एमालेका सबै कार्यकर्ता तथा आमजनताले पनि पार्टी एकताको अपेक्षा राखेको भन्दै उनले यसका लागि आफूहरु गम्भीर रहेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्