नेपालसहित अन्य देशका नेतालाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी

Machchapuchchre

अर्थ राजनिती  ~  राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले आज नेपालसहित १ सय ६० भन्दा बढी मुलुकका नेतालाई सम्बोधन गर्दैछन् । बेलुकी भर्चुअल माध्यमबाट सीले सम्बोधन गर्ने सीपीसी अन्तर्राष्ट्रिय विभागगका प्रवक्ता हु चाओमिङलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यले उल्लेख गरेका छन् । सीपीसीले हालै मात्र स्थापनाको सय वर्ष भव्यरूपमा मनाएको छ । पार्टी शताब्दी पूरा गरेको अवसरमै राष्ट्रपति एवं सीपीसी महासचिव सीले संसारका डेढ सय बढी देशका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् । सीपीसी प्रवक्ता चाओमिङका अनुसार ‘जनताका लागि खुसी : राजनीतिक दलकाे दायित्व’ शीर्षकमा विमर्श हुने छ । नेपालबाट प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायतले छलफलमा भाग लिने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्