सेञ्चुरी बैंकबाट बाहिरिए सिइओ गौतम, ९ महिना कार्यकाल बाकी

Machchapuchchre

अर्थ राजनीति  ~  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतमले पदबाट राजीनामा दिएका छन् । गौतमले आफ्नो कार्यकालको ९ महिना अवधी बाँकी छँदै उनले राजीनामा गरेका हुन् । सिइओ गौतमले बैंकलाई राम्रोसँग हाँक्न नसकेका कारण सञ्चालक समिति पछिल्ला दिनमा रुस्ट बन्दै आएको थियो । कोरोना महामारीमा सिइओ गौतमले बैँकलाई समय दिनेभन्दा पनि आफ्नो ज्यान जोगाउने धयाउन्नमा लागेका कारण बैँकको साख समेत गिर्दै जाने थालेपछि संचालक समिति नै तनावमा आएको थियो । २०७५ साल वैशाख १९ गते सेञ्चुरी बैंकमा सिइओ भइ प्रवेश गरेका उनीमाथि झन्डै ४ वर्षे कार्यकाल बिताएर बैंकबाट राजीनामा दिएका उनीमाथि नेतृत्वको कमी, असक्षम सिइओको आरोप लागेसँगै उनी विदा भएका छन् । माछापुच्छ्रे बैंकबाट सीईओ बन्न सफल इक्रा नेपाल लिमिटेडमा समेत सीईओ भएपनि सेञ्चुरीमा आएपछि उनले बैँकको साख गिराउने मात्रै काम गरेको आरोप खेप्दै आएका थिए । नेपाल बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका गौतमले अर्थशास्त्रमा स्नातक र फाइनान्समा एमबीए गौतम सेञ्चुरीमा सिइओ भएर आएपछि एउटा असफल सिइओको ट्याग भिरेर बैंकबाट बाहिरिन बाध्य बने । गौतमको बर्हिगमनसँगै अब नय सीईओ कसलाई  बनाउने भन्ने तयारी बोर्डले गरेको छ । जसका लागि केही समयमा निर्णय गरिने भन्दै बोर्डले बैठक बस्ने तयारी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्