संसद विघटनको बहस आज सकिँदै, के आउला त निर्णय ?

Machchapuchchre

अर्थ राजनीति  ~  प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज सकिँदै छ। रिट निवेदक पक्षका अधिवक्ताले आइतबार सुरु गरेको जवाफी बहस आज सकिने भएको हो। उनीहरूका लागि तोकिएको ३ घण्टामध्ये अब २ घण्टा समय बाँकी छ। यस समयमा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्नेछन्। जवाफी बहस सकिएपछि अदालतको सहयोगी एमिकस क्युरीले आजै राय दिनेछ। त्यसका लागि २ घण्टा समय तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भइरहेको हो। एमिकसले आफ्नो राय दिएपछि मुद्दाको सुनुवाइ सकिनेछ। यसपछि फैसलाको प्रक्रिया अघि बढ्नेछ। फैसला कहिले दिने भन्ने जानकारी अदालतले आजै दिन सक्नेछ। प्रतिनिधि सभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै हालिएको मुद्दाको फैसला कस्तो आउला भन्ने जनचासो व्यापक बनेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्