माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबार परीक्षणको रुपमा बिजुली उत्पादन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न ४ बजे भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशी आयोजना उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन लागेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको छ । माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताए ।

 

1Shares
facebook sharing button

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्