गत वर्ष भन्दा यो वर्ष मूल्य बृद्दी अत्याधिक ( भिडियो )

अर्थ राजनीति  । नेपाल रास्ट्र बैंकले जारि गरेको मूल्य बृद्दीको तथ्याँक अनुसार अघिल्लो वर्ष भन्दा यो वर्ष मूल्य बृद्दी दोबरले बढेको छ  । यो वर्षको पाच महिनामा गत वर्षको तुलनामा मूल्य बृद्दी ६.५५% ले बढेको हो  । गत वर्ष दैनिक उपभोग्य सामानको मूल्य बृद्दी ३.७१% रहेकोमा अहिले यो बढेर, ९.३७% पुगेको छ  ।

नेपाल एयरलाइन्सका २ दर्जन पाइलटद्वारा एकाएक सामुहिक राजिनामा (पत्रसहित)

काठमाडौं । नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामुहिक राजिनामा दिएका छन्। तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्ष राजिनामा बुझाएका हुन्। विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजिनामा बुझाएका हुन्। स्थायी उडानदलका सदस्यहरुले तीन महिनापछि लागू हुनेगरी राजिनामा बुझाएका हुन्। उनीहरुले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाएपनि विदेशीलाई सेवा […]

साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले साझा यातायात प्रालिलाई विद्युतीय बस खरिद गर्नका लागि दिएको दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको जानकारी दिए । निर्धारित समयमा बस […]

उखु किसानले अझै पाएनन् भुक्तानी, ५९ करोड १६ लाख बक्यौता रकम तिर्न बाँकी

काठमाडौं । सरकारले उखु किसानलाई बक्यौता रकम भुक्तानी गर्न चिनी उद्योगलाई दिएको समयसीमा आज सकिँदै छ । गत पुस १८ गते माघ ७ गतेसम्म चिनी उद्योग र सरकारबीच उखु किसानको बक्यौता रकम उपलब्ध गराउने विषयमा पाँच बुँदे सहमति भएको थियो । सो सहमतिको समयसीमा आज सकिँदै छ । तर पनि अधिकांश किसानहरुले पूरै भुक्तानी पाउन […]

वैशाखमा लगानी सम्मेलन गर्ने प्रदेश ५ सरकारको तयारी

काठमाडौं । प्रदेश ५ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका सन्दर्भमा सरकारले सोमबार प्रदेश सरकारका मन्त्रीहरु, निजी क्षेत्रका उद्योगी व्यवसायी, विदेशी दातृ निकाय, प्रदेश सभाका सांसदहरु र स्थानीय तहका मेयर र उपमेयरहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई लगानीमैत्री र निजी क्षेत्र […]

कुमारी बैंकमा देवः विकास बैंक गाभिने समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको ‘ख’ वर्गको देव विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । बुधबार नागपोखरीस्थित काठमाडौं मेरिओट होटेलमा सम्पन्न एक समारोहबीच उक्त प्राप्तीको (अक्विजिसन) औपचारिक हस्ताक्षर सम्पन्न भएकोे हो । उक्त प्राप्तिका लागि समझदारीपत्रमा (एमोयू) कुमारी बैंक लिमिटेड र देव विकास बैंक लिमिटेडका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय […]

आजदेखि बैंकहरुमा ‘गो–एमएल’ लागु, बैंकिङ कारोबार थप झण्झटिलो !

काठमाडौं । माघे संक्रातिकै दिन पारेर वाणिज्य बैंकहरुले बुधबारदेखि गोएमएल प्रविधि लागु गरेका छन् । सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले बुधबारदेखि गोएमएल सफ्टवेयर लागु गरेका हुन् । वाणिज्य बैंकहरु पछि विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ । आगामी असार महिनादेखि विकास बैंक […]

महालेखा परीक्षकको कार्यालयले भन्यो – स्थानीय तहमा बेरुजुको चाङ

खोटाङ । महालेखा परीक्षकको कार्यालयले खोटाङका १० वटै स्थानीय तहमा बेरुजु औल्याएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७५/०७६ भित्र ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि विषयमा डेढ महिना लगाएर लेखा परीक्षण गर्दा बेरुजु भेटिएको हो । पेश्की, नियमित गर्ने, फछ्र्योट गर्नुपर्ने र असुल […]

नेपालको ऊर्जा क्षेत्रको विकासमा युएईले १ अर्ब १३ करोड रुपैयाँ सहायता गर्ने

युएई । संयुक्त अरब इमिरेट्स युएईले नेपालमा ऊर्जा उत्पादनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड रुपैयाँ) आर्थिक सहायता गर्ने भएको छ । अबुधावीमा जारी विश्व नवीकरणीय ऊर्जा संघ (इरिना)को वार्षिक साधारण सभाको मञ्चबाट यो सहयोग घोषणा भएको हो । अबुधावी फण्ड फर डेभलपमेन्ट अन्तर्गत नेपाललाई उक्त सहयोग मिल्ने युएईका लागि नेपाली राजदूत […]

व्यवसायको नाममा अपराध गर्नेले छुट पाउदैन – अर्थमन्त्री खतिवडा

वीरगञ्ज । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीलाई पक्राउ गरेर राजश्व उठ्ला र व्यवसाय सुध्रेला भन्नेमा सरकार नरहेको बताएका छन् । तर, व्यवसायको नाममा अपराध गर्नेले भने छुट नपाउने उनले बताए । वीरगञ्ज उद्योग वाणिज्य संघको ४४ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवसायीलाई विश्वासमा लिएर सरकार अघि बढ्न चाहेको बताए । अपराध गरेमा आफू पनि […]