एनसेलले तिर्‍यो ४ अर्ब ६० करोड कर, बाँकी साढे १४ अर्ब १५ दिनभित्र बुझाउन निर्देशन

Machchapuchchre

काठमाडौँ । एनसेलले १२ औं पटकको बिक्रीको पूृँजीगत लाभकर बापत्को दोस्रो किस्ता मंगलबार बुझाएको छ । ठूला कर दाता कार्यालयको खातामा एनसेलले ४ अर्ब ६० करोड रुपैयाँ दाखिला गरेको कार्यालय प्रमुख झलकराम अधिकारीले बताए ।

ठूला करदाता कार्यालयले पूँजीगत लाभकर बापत् एनसेलले २४ अर्ब रुपैयाँ बुझाउनुपर्ने गरी कर निर्धारण गरेको थियो । किस्तामा तिर्ने सुविधा सरकारले दिएको छैन । एनसेलले पुसमा पूँजीगत लाभकर बापत्को रकम यो आर्थिक वर्षभित्र ५ किस्तामा बुझाउने सुविधा माग गरेको थियो ।

अब एनसेलले पूँजीगत लाभकर बापत् १४ अर्ब ४० करोड रुपैयाँ बुझाउन बाँकी छ । यो रकम १५ दिनभित्र बुझाउन ठूला करदाता कार्यालयले निर्देशन दिएको अधिकारीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्