आजबाट काठमाडौंका यी ६ स्थानमा ग्यास वितरण हुँदै, यस्ताे छ तयारी

Machchapuchchre

काठमाडौं । नेपाल ग्यास उद्योगले बुधबार(आज)देखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ । कोरोना भाइरस संक्रमणकाे बेला ग्यास अभाव भएकाे गुनासाे आएपछि नेपाल ग्यास उद्योगले उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी थालेकाे हाे ।

उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले बताए । उनका अनुसार काठमाडौँ उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ ।

उनले तीन दिनमा दुई-दुई स्थानबाट ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेको जानकारी दिए । बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्