कारोनाभाइरस संक्रमण २०२ देशमा देखियाे, मृत्यु हुनेकाे सँख्या ४२ हजार नाघ्याे

Machchapuchchre

काठमाडौ । चीनको वुहानबाट शुरु भएको कोरोनाको भाइसरकाे संक्रमण विश्वका २०२ देशमा पुगेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ ले बुधबार बिहानसम्म ४२ हजार १ सय ७ जनाले ज्यान लिएकाे छ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार ९ सय १७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् । बितेको २४ घण्टाको अवधिमा ७२ हजार १ सय ७९ नयाँ संक्रमित देखिएका छन् ।

सोहि अवधिमा ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये अहिले ६ लाख ३७ हजार ६९ जनाको विभिन्न अस्पताल, आइशोलेसन तथा क्वारेन्टाइनमा राखेर उपचार गरिरहिएको छ । उपचाररतमध्ये ३२ हजार २ सय ९७ को अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा बितेको २४ घण्टामा थप २३ हजार ५ सय ५९ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ३ सय ४७ पुगेको छ । ३ हजार ८ सय ६० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने मध्ये ७ सय १९ जना नयाँ हुन् ।

त्यस्तै इटालीमा ४ हजार ५३ जना नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् । स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित हुँदा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

चीनमा बितेको २४ घण्टामा नयाँ संक्रमित फेला परेको छैन भने मृत्यु पनि भएको छैन् । अहिलेसम्म चीनमा ८१ हजार ५ सय १८ संक्रमित छन् । ३ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्