देशभरका अस्पतालमा ८७ जना आइसोलेसनमा, एक हजार ६० वटा नमूना परीक्षण

Machchapuchchre

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको आशंकामा हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना संक्रमणले नेपालमा पारेको असरबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन मार्फत हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरीएको बताए ।

हालसम्म भएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको र १ जना निको भइसकेको प्रवक्ता देवकोटाले बताए । उनका अनुसार कोरोना संक्रमणको आशंकामा आज मात्र ८७ जना केन्द्र र प्रदेश अस्पतालहरुमा आइसोलेसनमा रहेका छन् ।

‘आजसम्म एक हजार ६० वटा टेष्ट गरेका छौं, आइसोलनसमा रहेका टेकु अस्पतालमा १० जना र प्रदेशहरुमा ७७ जना गरी ८७ जना आजको दिनमा सम्भावित विरामीहरु आइसोलेसनमा हुनुहुन्छ,’ प्रवक्ता देवकोटाले भने, ‘उहाँहरुको हामीले नमूना परीक्षण गछौं ।’

प्रवक्ता देवकोटाले कोरोना संक्रमित भएर आइसोलेनमा भएका बिरामीको सम्पर्कमा रहेका ८० प्रतिशत व्यक्तिलाई सम्पर्कमा ल्याइसकेको पनि जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्