६ महिनाकाे अवधिमा ६.८७ प्रतिशतले बढ्याे बजार भाउ

Machchapuchchre

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा बजार भाउ (मूल्यवृद्धिदर) ६.८७ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २.५२ प्रतिशत विन्दुले बढी हो । अघिल्लो वर्षको सोही महिनामा मूल्यवृद्धिदर ४.३५ प्रतिशत थियो । गत माघसम्मको वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ६.८७ प्रतिशत हो ।

गएको ६ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ९.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ४.६५ प्रतिशत छ । सो अवधिमा तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्यवृद्धि उच्च रहेको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ । ‘शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ,’ राष्ट्र बैंकको सात महिनाको प्रतिवेदनमा भनिएको छ ।

माघसम्म काठमाडौं उपत्यकामा मूल्यवृद्धिदर ७.५८ प्रतिशत छ । यस्तो दर तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत छ । ०७५ माघमा काठमाडौं उपत्यकाको मूल्यवृद्धिदर ५.१९ प्रतिशत, तराइको ३.४४ प्रतिशत, पहाडको ४.९१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत थियो । गत माघमा नेपालको मूल्यवृद्धिदर भारतको भन्दा बढी हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्