काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित १ जना पक्राउ

Machchapuchchre

काठमाडौं । प्रहरीले काठमाडौंबाट १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले १० लाख थान मास्कसहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा घर भएका युवराज न्यौपाने छन् । काठमाडौंमा डिप ओभर्सिज नामक कम्पनीको आवरणमा व्यवसाय सञ्चालन गर्दै आएका न्यौपानेले कम मूल्यको मास्कलाई बढी मूल्यमा बेच्ने उद्देश्यले गोदाममा लुकाएर राखेका थिए ।

न्यौपानेलाई काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले जानकारी दिए ।

कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि वाणिज्य विभागसँगकाे सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र पारेको छ। यसअघि पनि गोदाममा राखेर मास्कको कालोबजारी गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै बढी मूल्यमा मास्क र स्यानिटाइजर बिक्री गर्ने पसललाई पनि कारबाही गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्