आन्तरिक उडान पनि बैशाख ३ गतेसम्म बन्द

Machchapuchchre

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान पनि २०७७ को बैशाख ३ गतेसम्म बन्द गर्ने भएको छ। यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अन्तर्राष्ट्रिय उडान बैशाख ३ गतेसम्म रोक लगाउने निर्णय गरेको थियो।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आन्तरिक उडान पनि अप्रिल १५ सम्म नहुने जानकारी दिएका छन्। काेराेनाले देश अहिले लक डाउन छ । यातायात बन्द रहेकाे अवस्थामा भने सम्पूर्ण हवाइ सेवा पनि बन्द भएकाे हाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्