संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न – काँग्रेस प्रवक्ता शर्मा

Machchapuchchre

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएको छ । कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक सञ्जालमार्फत अनियमितालाई जानकारीमा लिनु अख्तियारको विशेष दायित्व भएको भन्दै कोरोना भाइरस संकटको नामा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, अख्तियारलाई ‘स्मृति पत्र !’
संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व । साथ दिरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व

ध्यानाकर्षण । अहोरात्र जारी मेहनतलाई प्रोत्साहन गरौं,
तर …..संकटको नामम भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न

कोरोना भाइसरको उपचार, नियन्त्रणका लागि भन्दै चीनबाट गरिएको स्वास्थ्य उपकरण खरिदमा ठूलो भ्रष्टाचार भएको भन्दै आलोचना भइरहँदा प्रवक्ता शर्माले संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउन नहुने बताएका हुन् ।

यद्दपी स्वास्थ्य मन्त्रालयले भने तत्काल ल्याउनु परेको कारण सामानको मूल्य केही महंगो पर्न गएको भन्दै भ्रष्टाचार नभएको दाबी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्