पैसाबाट कोरोना सर्ने डरले डिजिटल कारोबार नि:शुल्क गरिदै

Machchapuchchre

अर्थ राजनीति ।  कोरोनको संक्रमणको त्रासले गर्दा डिजिटल बैंकिंग कारोबार निशुल्क हुने भएको छ ।  पैसाबाट कोरोना भाइरस सर्न हुदा र जिखिम बढ्ने सम्भाबना भएपछी डिजिटल माध्यमबाट हुने कारोबार निशुल्क बनाउन लागिएको जानकारी छ ।  डिजिटल बैंकिंग कारोबारलाई निशुल्क गर्नका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गर्ने भएको छ ।

संघको प्रस्तावलाई कार्यान्वयन गर्न रास्ट्र बैंकलाई पनि भनेको छ ।  बैंकमा ग्राहकहरुको भिड धेरै हुने भएको कारण ग्राहकको भिड कम गर्नका लागि डिजिटल बैंकिंग कारोबार सुरु गर्न लागेको हो ।  बैंकमा पैसाको कारोबार धेरै मात्रामा हुने भएको कारण र जोखिम पनि धेरै हुने भएको कारणले गर्दा डिजिटल कारोबार सुरु गर्न लागेको हो ।  रास्ट्र बैंकको परीपत्र मार्फत कोरोना भाइरसको संक्रमण रोकथाम नभए सम्म डिजिटल माध्यमबाट हुने कारोबार निशुल्क गरिने जानकारी छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्