चैत १० देखि लामो दूरीका यातायात बन्द, जोखिमलाई मध्यनजर गर्दै आनीवानी परिवर्तन गर्न आह्वान

Machchapuchchre

कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सम्यमता अपनाउन आग्रह गरेका छन् । देशबासीका नाममा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्नो आनीवानी परिवर्तन गर्न आह्वान गरेका हुन् ।

उनले भने,‘ हामीसँग त्यसबाहेक अरु विकल्प छैन । सरसफाईमा उचित ध्यान दिनुस् । हात धुने, सकेसम्म घरमा बस्नुस् । अत्यावश्यक बस्तु सञ्चय नगर्नुस् ।’ उनले भने,‘नेपालमा कोरोना भाइरसको जोखिम देखिएको छैन ।’

नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको उनले बताए । प्रधानमन्त्री ओलीले देशमा संक्रमण फैलिन नदिने, क्वारेन्टाइनको व्यवस्था मिलाउने, शुरुको अबस्थाबाट विषेश तयारी गरेको समेत जानकारी दिए । उनले यस अवधिमा ५ वटा तयारी बैठक भइसकेको जानकारी दिए ।

प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर एकिकृत रुपमा काम गर्दै आएको छ । हामीले केही समयका लागि आफ्नो आनीवानी व्यवहार सुधार गर्नुपर्ने देखिएको छ ।’ चैत १० गतेदेखि केही समयका लागि सम्म दूरीका यातायात बन्द गरिने जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्