विकास निर्माणका काम गर्न बजेट माग्दै स्थानीय सरकार

जाजरकोट । विकास निर्माणका काम बजेट अभावले पूरा गर्न मुस्किल भएपछि जाजरकोटका जनप्रतिनिधि सङ्घीय सरकारको ढोका घचघच्याउन बाध्य भएका छन् ।जिल्लाका स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सडक निर्माण गर्नका लागि स्थानीय तहका प्रमुख सङ्घीय सरकारसँग बजेट माग गरेका हुन् । स्थानीय तहले काम तीव्रताका साथ गर्नका लागि बोलपत्र आह्वान गरिसकेको तर सङ्घीय सरकारले पठाउनुपर्ने बजेट […]

सरकारसँगको सहमति अनुसार मेडिकल कलेज सञ्चालकले फिर्ता गरेनन् अतिरिक्त शुल्क

काठमाडौं । अतिरिक्त शुल्क फिर्ता गर्ने विषयमा सरकारसँग भएको सहमति मेडिकल कलेज सञ्चालकहरुले कार्यन्वयन गर्न सकेका छैनन् । मंगलबार सरकार र कलेज सञ्चालकबीच भएको सहमतिमा कलेज सञ्चालकहरुले मन्त्रिपरिषद्बाट चिकित्सा शिक्षाको स्नातक तहका एमबीबीएस र बीडिएस कार्यक्रमका लागि निर्धारण गरिएको शुल्क कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए । निर्णय नम्बर २ मा ४ वटा सहमति भएको थियो […]

सरकार र निजी मेडिकल कलेजहरुबीच भएको सहमति अस्वीकार्य – आन्दोलनरत विद्यार्थी

काठमाडौं । आन्दोलनरत चिकित्सा शिक्षा सङ्घर्ष समितिले सरकार र निजी मेडिकल कलेजहरुबीच भएको दुईबुँदे सहमति अस्वीकार्य भएको बताएको छ । सरकारले ठगीको मुद्दा चलाउने भन्दै अल्टिमेटम दिएपछि मेडिकल कलेजहरुले मंगलबार मध्यरातमा विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने सहमति गरेका थिए । तर सहमति भएको १२ घण्टा नपुग्दै आन्दोलनरत विद्यार्थीहरुले त्यसमा प्रश्न उठाएका छन् । सरकार र निजी […]

मध्यरातमा मेडिकल कलेज सञ्चालक र सरकारबीच भयो यस्तो सहमति, अतिरिक्त शुल्क फिर्ता हुने

काठमाडौं । अतिरिक्त शुल्क फिर्ता गर्न अटेरी गर्दै आएका निजी कलेजका सञ्चालक र सरकारबीच मंगलबार मध्यरातमा दुई बुँदे सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा बसेको २ पक्कोषीय बैठकमा निजी मेडिकल कलेजले बुधबारबाट विद्यार्थीसँग लिएको बढी शूल्क फिर्ता गर्ने सहमति जनाएका छन् । शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित सरकारी वार्ता टोली र मेडिकल कलेज […]

अतिरिक्त शुल्क फिर्ता नगरे भोलिदेखि मेडिकल कलेजहरु कारबाहीमा पर्ने

काठमाडौं । तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेज सहमतिमा नआए बुधबारबाट कारबाहीमा पर्ने भएका छन् । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले सहमतिमा नआए पक्राउ गरेर कारबाही गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी बैठकले मेडिकल कलेजसँग अन्तिम वार्ता गर्ने निर्णय गरेको स्रोतले बतायो । […]

सरकारलाई मेडिकल कलेज सञ्चालकहरुको जवाफ – अतिरिक्त शुल्क फिर्ता गर्दैनौं

काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थीबाट लिएको गैरकानुनी रकम फिर्ता नगर्ने अडान लिएका छन्। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी उनीहरुले आफूहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका हुन् । मेडिकल कलेज सञ्चालकहरुले शैक्षिक सत्र २०७४÷७५ र २०७५÷७६ मा लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने भनी शिक्षामन्त्रीलाई पत्र बुझाएका छन् । आफूहरुले विद्यार्थी […]

काम नगर्ने ठेकेदारको जमानत जफत गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारको जमानत जफत गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । उनले आ–आफ्ना मन्त्रालयमा भएका ठेक्काको स्थिति १५ दिनभित्र बुझाउन पनि मन्त्रीहरूलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सरकारको चौमासिक समीक्षा बैठकलाई  सम्बोधन गर्दै ओलीले गुणस्तरीय काम समयमा हुन नसक्नुको कारण खोज्न र काम गर्न नसक्ने ठेकेदारको जमानत […]

भोलिसम्म अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडौँ । गृहमन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच सोमबार गृहमन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको हो। गृहमन्त्री […]

उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चको आदेश, ‘अजय श्रेष्ठलाई रिहा गर्नू’

सर्वोच्च अदालतले बैंक अफ काठमान्डूका पूर्व सिइओ अजय श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । थप विवरण आउन बाँकी छ ।

ऊर्जामन्त्री पुन र चिनियाँ राजदूतबीच भेटवार्ता, जलविद्युत लगायतका विषयमा छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आईतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको बताइएको छ। भेटमा उर्जामन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन […]