बिओके प्रकरणपछि पूर्व सिइओ अजय श्रेष्ठ पहिलो पटक मिडियामा, के के भने ?

बैंक अफ काठमान्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत बिओके प्रकरणपछि पहिलो पटक मिडियामा आएका छन् । उनी नेपाल टेलिभिजन युज एचडिमा हरेक शनिबार राती ८:५०  बजे प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरो मार्फत पहिलोपटक नेपाली मिडियामा आएका हुन् । उनले उक्त कार्यक्रममा आफु पक्राउ पर्दादेखि अवका रणनीतिसम्मका कुराहरु खोलेका छन् । उनले अन्तर्वार्ताका क्रममा बिओकेले दिएको जाहेरी, […]

राष्ट्र बैंकको समीक्षा रिपोर्टमा बैंक ब्याजदर घट्दो

काठमाडौं । पछिल्लो समय बैंकहरुको ब्याजदर घट्न थालेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको कात्तिकको आधार दर ९.५० प्रतिशत कायम भएको छ । असोजमा बैंकहरुको आधार दर ९.५६ प्रतिशत थियो । अघिल्लो वर्षको कात्तिकमा भने बैंकहरुको आधार दर १०.२१ प्रतिशत थियो । यसरी हेर्दा कात्तिकमा असोजको तुलना र अघिल्लो […]

फोर्ब्सको पर्यटकीय गन्तव्यका सूचीमा नेपाल पर्नुको असर

काठमाडौं । अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले जारी गरेको आउँदो दशकका लागि विश्वका उत्कृष्ट १० गन्तव्यको सूचीमा नेपाल पनि रहेको छ। विश्वभरका प्रसिद्ध प्रकाशनहरूको उत्कृष्ट गन्तव्यहरूमा नेपाल पर्नु कुनै नयाँ कुरा होइन। तर सरोकारवालाहरूले यस्ता गन्तव्य सूचीहरू प्रचारका लागि महत्त्वपूर्ण भए पनि पर्यटकहरू आइहाल्न ती काफी नहुने बताउँछन्। यस्ता सूचीहरूको उच्चतम फाइदा उठाउन पर्यटनका अन्य थुप्रै पक्षलाई […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे छलफल

काठमाडौं– व्यावसायिक रुपमा सञ्चालनको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व तयारीबारे नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सरोकारवाला एयरलाइन्ससँग छलफल गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तयारी कार्यदलले अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरेको हो । अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विमानस्थल सञ्चालन पूर्व गर्नुपर्ने तयारी र अभ्यासलाई मध्यनजर गरी कार्यदलले […]

तामाकोसी अर्को बर्ष मात्रै सञ्चालनमा आउने १० वर्षमा पनि पूरा नहुने भयो आयोजना

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउन अझै कम्तीमा १५ महिना लाग्ने भएको छ । पटक–पटक अवधि थपेर आगामी असारसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको तामाकोसी उक्त समयमा कुनै हालतमा पूरा नहुने देखिएको छ । ठेकेदार कम्पनीहरू खासगरी टेक्सम्याकोले आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट)मा पेनस्टक पाइप जडान गर्न ढिलाइ गरिरहेकाले आयोजना सञ्चालनमा आउन अझै सवा वर्षभन्दा बढी समय […]

नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौं । विश्व बैङ्कले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाह, सेवा र कृषि क्षेत्रको उल्लेखनीय योगदानका कारण उच्च आर्थिक वृद्धि हासिल भएको नेपालको आगामी वर्षको आर्थिक वृद्धि घट्दो विप्रेषण आप्रवाह, जलवायु परिवर्तन र प्राकृतिक प्रकोप, अनियमित मनसुनका कारण […]

अर्थतन्त्र मापनको आधार वर्ष परिवर्तन गर्ने सरकारको तयारी

काठमाडौं । नेपाल सरकारले अर्थतन्त्र मापनको आधार वर्ष परिवर्तन गर्ने तयारी गरेको छ। जिडिपी मापनको आधार वर्ष फेर्नेबारे सरकारीले तयारी गरिरहेको र सम्भवत: आगामी वर्षदेखि आधार परिवर्तन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। बिश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट प्रकाशन सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले सो घोषणा गरेका हुन्। अहिलेको मापण तथा आधारबाट अर्थतन्त्रको सबै चित्र […]

अनलाइन ठगीबाट संकलित १७ करोड फेला, सार्वजनिक गर्ने प्रहरीको तयारी

काठमाडौँ । प्रहरीले अनलाइन ठगीबाट संकलन गरेको करिब १७ करोड रुपैयाँ फेला परेको छ । सर्वसाधारणलाई आकर्षक उपाहार र विदेशबाट सामान आएको बहानामा ठगी गर्ने गिरोहबाट उक्त रकम फेला पारेको हो । प्रहरीका अनुसार दर्जन बैंक, वित्तीय संस्थामा जम्मा गरेको अवस्थामा भेटिएको हो। महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार विभिन्न दर्जन बैंक तथा वित्तीय संस्थामा […]

सुनको भाउ घट्यो, आज कतिमा हुदैछ कारोबार ? बिदेसी मुद्राको भाउसहित

काठमाडौं । सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँले घटेको छ । सुन मंगलबार तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार पनि सुनको भाउ तोलामा २ सय रुपैयाँमा नै घटेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ नै घटेर […]

चेक बाउन्सका घटना पनि बैंकिङ कसुर, ४ गुणा बढ्यो अपराध

काठमाडौँ । गएको वर्ष नेपालमा बैंकिङ कसुरका ३ हजार १ सय ६७ मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष मुद्दा दर्ता संख्या चार गुणाभन्दा धेरैले बढेको हो । कान्तिपुर दैनिकले समाचार लेखेको छ । यो आर्थिक वर्ष ०७५/७६ मा बैंकिङ कसुर शीर्षकमा प्रहरीमा दर्ता भएको मुद्दाको विवरण हो । आर्थिक वर्ष ०७४/७५ मा मुलुकभर बैंकिङ कसुरका […]