अर्थतन्त्र मापनको आधार वर्ष परिवर्तन गर्ने सरकारको तयारी

Machchapuchchre

काठमाडौं । नेपाल सरकारले अर्थतन्त्र मापनको आधार वर्ष परिवर्तन गर्ने तयारी गरेको छ। जिडिपी मापनको आधार वर्ष फेर्नेबारे सरकारीले तयारी गरिरहेको र सम्भवत: आगामी वर्षदेखि आधार परिवर्तन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। बिश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट प्रकाशन सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले सो घोषणा गरेका हुन्।

अहिलेको मापण तथा आधारबाट अर्थतन्त्रको सबै चित्र नआउने भन्दै उनले आगामी वर्षदेखि परिवर्तन गरिने बताए। पुरानै मापक र मापदण्डका आधारमा राष्ट्रिय लेखा तयार पार्दा आधुनिक समयमा विकास भएका कतिपय क्षेत्रको आम्दानी गणना छुटेको ऐद्द्दै रकारे नयाँ आधार तय गर्न लागेको हो।

हालसम्म आर्थिक वर्ष २०५७/५८ लाई आधार मानेर गणना हुँदै आएको छ। यसका लागि अहिले केन्द्रीय तथ्यांक विभागले काम गरिरहेको छ। तथ्यांक विभागका अनुसार २०६७/६८ लाई आधार बनाएर गणना विधि तय गर्ने तयारी गरिरहेको छ। सेवा क्षेत्रको विस्तार व्यापक रुपमा भए पनि त्यसको मापण प्रभाव अर्थतन्त्रको गणनामा नपरेको भन्दै आधार परिवर्तन गर्ने निष्कर्षमा सरकार पुगेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्