अनलाइन ठगीबाट संकलित १७ करोड फेला, सार्वजनिक गर्ने प्रहरीको तयारी

Machchapuchchre

काठमाडौँ । प्रहरीले अनलाइन ठगीबाट संकलन गरेको करिब १७ करोड रुपैयाँ फेला परेको छ । सर्वसाधारणलाई आकर्षक उपाहार र विदेशबाट सामान आएको बहानामा ठगी गर्ने गिरोहबाट उक्त रकम फेला पारेको हो । प्रहरीका अनुसार दर्जन बैंक, वित्तीय संस्थामा जम्मा गरेको अवस्थामा भेटिएको हो।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार विभिन्न दर्जन बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको हो। ‘केही शंकास्पद व्यक्तिका नाममा १७ करोडभन्दा बढी रकम भेटिएको छ। पत्रचार गरेर यसको आवश्यक अनुसन्धान अगाडि बढाएका छौं’ एसएसपी थापाले भने। यस सम्बन्धी आजै पत्रकार सम्मेलनमार्फत घटना विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्