सुनको भाउ घट्यो, आज कतिमा हुदैछ कारोबार ? बिदेसी मुद्राको भाउसहित

Machchapuchchre

काठमाडौं । सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँले घटेको छ । सुन मंगलबार तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार पनि सुनको भाउ तोलामा २ सय रुपैयाँमा नै घटेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ नै घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ साेमबार पनि तोलामा ५ रुपैयाँ नै घटेको थियो । डलरको तुलनामा भारतीय रुपैयाँ मजबुत भएपछि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको सुनको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

मंगलबार सबै विदेशी मुद्राको भाउ  पनि घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा थियो । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकेको छ । सोमबार यसको १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको थियो ।

यस्तै कतारी रियालको भाउ पनि घटेको छ । मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ । हिजो यसकोे एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा थियो । ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ५० पैसा रहेको छ । हिजो सोमबार खरिददर २९६ रुपैयाँ ८६ पैसा रहेको छ थियो ।

यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा तोकेको छ । सोमबार यसको एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा थियो । मंगलबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३९ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा थियो ।

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा पुगेको छ । हिजो यसको १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा थियो । कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २५ पैसा पुगेको छ ।

सोमबार यसको खरिददर ३७४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २५ पैसा रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३०२ रुपैयाँ २५ पैसा रहेको छ । सोमबार यसको १ को खरिददर ३०२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्