१० लाख घुससहित इन्जिनियर इश्वरीप्रसाद जैसवाल पक्राउ

अर्थ राजनीति ~ अख्तियारले मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकमसहित एक इन्जिनियरलाई पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई घुस रकमसहित प्रक्राउ गरेको हो । जैसवालले प्रशारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौंडा-१० बसपार्क मेगा होटलबाट […]

काठमाडौंबाट अवैध लागूऔषध चरेससहित ४ जना पक्राउ

अर्थ राजनीति ~ काठमाडौंको गौरिघाटबाट अवैध लागूऔषध चरेश सहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको पात्ले गाउँपालिका–९ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय नरेन लामा, धादिङको गजुरी नगरपालिका–८ घर भई काठमाडौंको गुर्जुधारा बस्ने १७ वर्षीय सुरेश तामाङ, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भनिने सुमन तामाङ र पर्साको ठोरी […]

कोरोना संक्रमित मन्त्री शाहलाई चिकित्सकको सल्लाह अनुसार हेलिकप्टरबाट काठमाडौं लगिँदै

अर्थ राजनीति ~ कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री प्रकाश शाहलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिने भएको छ । १५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाह बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए । चिकित्सकको सल्लाह अनुसार थप उपचारको लागि शुक्रबार काठमाडौं लैजाने तयारी भइरहेको मन्त्री शाहका स्वकीय सचिव जंग विकले […]

कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

अर्थ राजनीति ~ कैलालीमा कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको निधन भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शाहको शुक्रबार विहान मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका […]

मनोज गजुरेलको फोक्सोमा समस्या, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराउदै

अर्थ राजनीति ~ कोरोना संक्रमण पुष्टि भएका बरिष्ठ हास्यकलाकार मनोज गजुरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिदै छ । उनलाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजन लेभल कम भएपछि उनलाई बिहिबार सशस्त्र प्रहरी अस्पताल लगेर भर्ना गरिएको छ । अस्पतालमा स्वास्थ्य […]

पछिल्लो २४ घन्टामा ३०५१ जनामा कोरोना संक्रमणको पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । देशभर ३६ हजार ५१४ संक्रिय संक्रमित […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सप्तरीका ४ जना, काठमाडौं र मोरङका ३/३ जना, सुनसरी र पाल्पाका २/२ जना, सिराहा, ललितपुर, काभ्रे, दोलखा, भक्तपुर, सिन्धुली, मकवानपुर र कैलालीका १/१ जनाको मृत्यु भएको छ ।

प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । बुधबार भेट गर्ने भनिएपनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार गएका थिएनन् र आज ओलीलाई भेटन बालुवाटार पुगेका छन ।

पत्रकार अर्नब गोस्वामी माथि आत्महत्या गर्न बाध्य पारेको आरोप

अर्थ राजनीति ~ आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनका लागि न्यायीक हिरासतमा पठाइएको छ ।सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वयक नाइक र उनकी आमा कुमुद नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोप गोस्वामीमाथि लागेको छ । गएराति अबेर मुम्बई अदालतले गोस्वामीसहित अन्य दुई जनालाई पनि १४ दिनका लागि न्यायीक हिरासतमा राख्न […]

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले परीक्षा पायक पर्ने ठाउँबाट दिन पाउने

अर्थ राजनीति ~ लकडाउनको समयमा हुन नसकेको परीक्षा त्रिभुवन विश्वविद्यालयले मङ्सिर दोस्रो हप्ताबाट गर्ने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आएर परीक्षा दिनु पर्ने छैन् । त्रिविको रजिष्ट्रार […]