पछिल्लो २४ घन्टामा ३०५१ जनामा कोरोना संक्रमणको पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । देशभर ३६ हजार ५१४ संक्रिय संक्रमित छन् । १ लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ४०३ जना संक्रमणमुक्त भएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्