त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले परीक्षा पायक पर्ने ठाउँबाट दिन पाउने

Machchapuchchre

अर्थ राजनीति ~ लकडाउनको समयमा हुन नसकेको परीक्षा त्रिभुवन विश्वविद्यालयले मङ्सिर दोस्रो हप्ताबाट गर्ने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आएर परीक्षा दिनु पर्ने छैन् । त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड-१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए । यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने छन् । प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्