पेप्सी उत्पादन गर्ने बरुण वेभरेजविरुद्ध झण्डै ६५ करोड कर छलीको मुद्दा दायर
काठमाडौं । नेपालको पेप्सी उत्पादन गर्ने कम्पनीलाई कर छलीको मुद्धा लागेको छ । पेप्सी उत्पादन गर्ने बरुण वेभरेज कम्पनीलाई झण्डै ६५ करोड रुपैयाँ कर छली गरेको अभियोगसहित राजश्व अनुसन्धान विभागले बरुणविरुद्ध काठमाडौंमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागले दायर गरेको अभियोगपत्रमा बरुणले ६४ करोड ९५ लाख रुपैयाँ कर छली गरेको आरोप लगाइएको छ। […]
