माथिल्लो त्रिशूलीका लागि ६५ अर्बको वैदेशिक लगानी स्वीकृत

काठमाडौं । माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजना निर्माणका लागि वैदेशिक लगानी भित्र्याउन मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको लगानी बोर्डको आइतबारको बैठकले सो आयोजनाका लागि ६५ अर्ब रुपैयाँ बराबरको लगानी ल्याउन स्वीकृति दिएको हो । वैदेशिक लगानीका लागि स्वीकृति प्राप्त भएपछि अब आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले […]

साताको शेयर बजार – नेप्से परिसूचक घट्दो क्रममा, झण्डै तीन अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ लाख ९५ हजार ५३१ कित्ता शेयर रु दुई अर्ब ८१ करोड ८८ लाख ९२ हजार ६९० मूल्यमा खरिदबिक्री भए । नेप्सेका अनुसार साताको पहिलो दिन आज धितोपत्र […]

अजय श्रेष्ठसँगको दोश्रो एक्सक्लुसिभ अन्तर्वार्ता आज, खोले यस्ता रहस्य ! (भिडियोसहित)

काठमाडौँ- बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको एक्सक्लुसिभ अन्तर्वार्ताको दोश्रो भाग आज राती ८:५० बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण हुने भएको छ । बैंकिङ एण्ड फाइनान्सियल सोलुसनले उत्पादन गरेको कार्यक्रम बैंकिङ सेरोफेरोमा उक्त अन्तर्वार्ता प्रशारण हुन लागेको हो । श्रेष्ठसँग लिइ एको अन्तर्वार्ताको पहिलो भाग गत शनिबार प्रशारण भएको थियो । […]

काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीको एकीकरण हुँदै

काठमाडौं । काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ ।यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उनले मापदण्ड बाहिर सञ्चालित साना सहकारी […]

घर, गाडी लगायत कन्ज्युमर कर्जामा रास्ट्र बैंकले गर्यो कडाई

बैंकहरुले व्यक्तिगत, घर, गाडी लगायत कन्ज्युमर कर्जामा रास्ट्र बैंकले थप कडाई गरेको छ ।  पुष ८ , मंगलबार रास्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणीको आयस्रोतबाट भुक्तानी हुने किस्ता रकममा कडाई गरेको हो। ऋणीले अब ऋण तिर्ने किस्ता रकम उसको कुल कमाईको ५० प्रतिशत भन्दा बढी हुन् नपाउने भएको छ। रास्ट्र बैंकले […]

१७ अर्बले बढ्यो वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा उछाल आएको छ । उद्योग विभागको विवरणअनुसार अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १७ अर्ब बढी लगानी प्रतिवद्धता आएको हो । साउन २ गते देखि पुस ९ गतेसम्म विभागमा २६ अर्ब ९३ करोड १७ लाख ८० हजार कुल लगानीमा १४१ उद्योग खोल्न विदेशी लगानीकर्ताले प्रतिबद्धता जनाएका […]

प्रदेश ३ सरकारले आठ स्थानमा ‘हिल स्टेसन’ बनाउने

चितवन । पर्यटकीय क्षेत्र पहिचानसहित पर्यटन विकासको नयाँ परिकल्पनासहित प्रदेश ३ सरकारले आठ स्थानमा हिल स्टेसन बनाउने भएको छ । प्रदेश सरकारले आव २०७६/७७ मा सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको रुबी भ्याली, मकवानपुरको चित्लाङ, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको ककनी र रसुवाको सोम्दाङलाई हिल स्टेसनका रूपमा विकास गर्न लागेको हो । प्रदेश सरकारले घोषणा गरेको भ्रमण […]

सुरक्षा मुद्रणको जिम्मा फ्रान्सेली कम्पनीलाई यति होल्डिङ्स स्थानीय एजेन्ट

काठमाडौँ । सरकारले नेपालको ‘सुरक्षा मुद्रण प्रेस’ स्थापना गर्ने जिम्मा फ्रान्सेली कम्पनी ‘इम्प्रिमेरी नेसनले’ लाई दिने प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकमा ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (जी टु जी) प्रक्रियाअन्तर्गत फ्रान्सेली कम्पनीलाई दिनेबारे सैद्धान्तिक सहमति भएको छ । यो कम्पनीको स्थानीय एजेन्टका रूपमा नेपालको ‘यति होल्डिङ्स’ संलग्न छ । सत्तारूढ दलका नेताहरूसँग यति होल्डिङ्सका व्यक्तिहरूको उठबस र […]

मन्त्रिपरिषद्को निर्णय आएलगत्तै लेखा समितिले माग्यो नेपाल ट्रष्टसँग सम्झौताको पत्र

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल ट्रस्टको जग्गा प्रक्रिया पूरा नगरी यती समुह र त्यससँग जोडिएका नाफामुखी संस्थाहरुलाई भाडामा दिएको विषयमा छानबिन गर्ने भएको छ । छ बर्ष समय बाँकी हुँदै २५ वर्ष लिज अवधि थप गरिएको गोकर्ण फरेष्ट रिसोर्ट सम्झौता र दरबार मार्गको लिज सम्झौताको कागजात सात दिनभित्र समितिलाई बुझाउन नेपाल ट्रष्टको कार्यालयलाई निर्देशन […]

पर्यटन प्रर्वद्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण – मन्त्री प्रकाश ज्वाला

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पर्यटन प्रवद्र्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । सुर्खेतमा शुक्रबारदेखि शुरु होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ज्वालाले होटल र पर्यटन क्षेत्र परिपूरक रहेको बताए । मन्त्री ज्वालाले कर्णालीमा अथाह पर्यटकीय सम्पदा रहेको भन्दै पर्यटन प्रवद्र्धनमा सहयोग गर्न होटल […]