घर, गाडी लगायत कन्ज्युमर कर्जामा रास्ट्र बैंकले गर्यो कडाई

Machchapuchchre

बैंकहरुले व्यक्तिगत, घर, गाडी लगायत कन्ज्युमर कर्जामा रास्ट्र बैंकले थप कडाई गरेको छ ।  पुष ८ , मंगलबार रास्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ऋणीको आयस्रोतबाट भुक्तानी हुने किस्ता रकममा कडाई गरेको हो। ऋणीले अब ऋण तिर्ने किस्ता रकम उसको कुल कमाईको ५० प्रतिशत भन्दा बढी हुन् नपाउने भएको छ। रास्ट्र बैंकले ऋण भुक्तानी आम्दानि अनुपातलाई सन्तुलित कायम गर्न भन्दै व्यक्तिगत प्रकृतिका आवाधिक कर्जा, घर तथा हायर पर्चेज कर्जामा यस्तो व्यवस्था गरेको हो।

 

रास्ट्र बैंकले ऋणीको आय स्रोत खुल्ने प्रमाणित कागजात अनिवार्य संकलन गर्न पनि भनेको छ। ऋण दिदा बैंकहरुले ऋणीबाट आम्दानीको स्रोत खुल्ने कागजात लिने गर्दछन। त्यहि कागजजातलाई नै आधार मानेर किस्ता तिर्न सक्ने वा नसक्ने अध्ययन पछी मात्र बैंकहरुले ऋण प्रदान गर्दै आएका छन्। बैंकहरुले हालसम्म किस्ता धान्न सक्ने आम्दानि देखिए मात्र ऋण प्रवाह गर्दै आएका छन्। तर अब भने चाहि कुल आम्दानीको ५० प्रतिशतभन्दा बढी हुनेगरि यस्तो निर्देशन दिइएको हो। नयाँ व्यवस्था अनुसार मासिक ८० हजार कमाई गर्ने व्यक्तिले ४० हजार भन्दा बढी किस्ता बुझाउनेगरी ऋण पाउने छैन ।

 

रास्ट्र बैंकले तोकिएको सो सीमाभन्दा बढी कर्जा प्रवाह गरेमा सुक्ष्म निगरानीमा वर्गीकरण गर्नुपर्ने निर्देशन दिएको छ। कर चुक्ता वा अध्यावधिक पत्रका आधारमा मात्रै ऋणीको वार्षिक आय गणना गर्नुपर्ने व्यवस्था गरिएको छ। रास्ट्र बैंकको भनाई अनुसार यसले वास्तविक आम्दानि भन्दा बढी रकमको कागजपत्र बनाएर ऋण लिने परिपाटि हट्ने छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्