कुराले मात्रै राष्ट्रियता बलियो हुँदैन – परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुराले मात्रै राष्ट्रियता बलियो नहुने बताएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सम्झौताबारे बुधबार संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्ञवालीले उक्त धारणा राखेका हुन् । मन्त्री ज्ञवालीले इन्डो-प्यासिफिक र एमसीसीलाई जोडेर हेर्नु आवश्यक नहुने भन्दै यी विषयमा नचाहिँदो हल्ला गरिएको टिप्पणी गरे। ‘एमसीसीबारे नेपालमा भएको […]

मन्त्रीबाट राजीनामा दिएपछि उपेन्द्र यादवले भने – ओली सरकारको दम्भ सकियो

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन् । संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्न नदिएपछि समाजवादीबाट सरकारमा गएका उपप्रधान तथा कानूनमन्त्री यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । […]

रौतहटमा भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

रौतहट । रौतहटको इशनाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । इशनाथ-३ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात व्यक्तिले झोलामा शंकास्पद रुपमा प्रेसरकुकर राखेका थिए । बिहान सवा नौ बजे कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरी राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । […]

सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा नवलपुरको मदनपुर र पिथौलीमा

काठमाडौँ । सनराइज बैंकले नवलपुरको मदनपुर र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले शाखा कार्यालय नपुगेका नवलपुरका दुई स्थानमा ४१औं र ४२औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । मदनपुर शाखारहित बैंकिङ्ग सेवाको समाजसेवी दोमन भण्डारी र कुमारवर्ती विद्यालयका प्रधानाध्यापक दर्शनराज अमात्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । त्यस्तै सोही दिन पिथौली […]

गुम्यो ओली सरकारको दुई तिहाइ, समर्थन फिर्ता लिने समाजवादी पार्टीको निर्णय

सरकारबाट बाहिरिएसँगै समाजवादी पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार(आज) बसेको दलको केन्द्रीय कार्यकारीणी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । समाजवादी पार्टी नेपालका महासचिव एवं संगठन विभाग प्रमुख गंगा श्रेष्ठले कार्यकारीणी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए । ‘सरकारबाट बाहिरिएपछि […]

ओली सरकारलाई चुनौती दिदै देशभरका सबै स्थानीय तहको सर्भर ह्याक

काठमाडौं । सरकारलाई नै चुनौती दिदै देशभरका ७ सय ५३ वटै स्थानीय तहको सर्भर ह्याक भएको छ । सर्भर ह्याक हुँदा लेखा प्रणाली नष्ट भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार बिहीबार रातिबाट सर्भर ह्याक भएको हो । तर स्थानीय तहले भने मंसिरको दोस्रो सातादेखि सर्भर बिग्रीएको बताएका छन् । सर्भरले काम नगरेको बारे सबै […]

धर्म–संस्कृति मानौं, तर प्रलोभनमा पारेर परिवर्तन नगराऔं – उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले करकाप र प्रलोभनमा पारेर धर्म परिवर्तन नगराउन सबैमा आग्रह गरेका छन् । पछिल्लो समयदेखि क्रिश्चियन धर्मालम्बीमाथि आफ्नो धर्ममा तान्न नागरिकहरूलाई प्रलोभन देखाउने गरेको आरोप लाग्दै आइरहेकाे छ । यसैतर्फ संकेत गर्दै उपराष्ट्रपति पुनले त्यसो नगर्न आग्रह गरेका छन् । संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवं सम्बद्र्धन […]

‘क्रिसमस डे’ का अवसरमा राष्ट्रपति भण्डारीले दिइन यस्तो शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् । क्रिश्चियनहरूको पर्व क्रिसमसका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान […]

राष्ट्रपतिको उपस्थितिमा तमु ल्होसार मनाइने

काठमाडौं । तमु समुदायले आफ्नो महान पर्व तमु ल्होसार धुमधामले मनाउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पुस १५ गते काठमाडौंको टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । ‘राष्ट्रिय पर्व तमु ल्होसार च्यु ल्हो (मुसा वर्ग) २०७६ को आव्हान, अस्तित्व र मौलिक पहिचानका लागि तमुवानको अभियान’ भन्ने मूलनारासहित काठमाडौंमा पुस […]

प्रदेश ३ सरकारले आठ स्थानमा ‘हिल स्टेसन’ बनाउने

चितवन । पर्यटकीय क्षेत्र पहिचानसहित पर्यटन विकासको नयाँ परिकल्पनासहित प्रदेश ३ सरकारले आठ स्थानमा हिल स्टेसन बनाउने भएको छ । प्रदेश सरकारले आव २०७६/७७ मा सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको रुबी भ्याली, मकवानपुरको चित्लाङ, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको ककनी र रसुवाको सोम्दाङलाई हिल स्टेसनका रूपमा विकास गर्न लागेको हो । प्रदेश सरकारले घोषणा गरेको भ्रमण […]