सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा नवलपुरको मदनपुर र पिथौलीमा

Machchapuchchre

काठमाडौँ । सनराइज बैंकले नवलपुरको मदनपुर र पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले शाखा कार्यालय नपुगेका नवलपुरका दुई स्थानमा ४१औं र ४२औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

मदनपुर शाखारहित बैंकिङ्ग सेवाको समाजसेवी दोमन भण्डारी र कुमारवर्ती विद्यालयका प्रधानाध्यापक दर्शनराज अमात्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

त्यस्तै सोही दिन पिथौली शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन कावासोती नगरपालिकाका अध्यक्ष खेम प्रसाद काफ्ले र शान्ति निकुन्ज उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त रुपमा गरेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्