कुराले मात्रै राष्ट्रियता बलियो हुँदैन – परराष्ट्रमन्त्री ज्ञवाली

Machchapuchchre

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुराले मात्रै राष्ट्रियता बलियो नहुने बताएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सम्झौताबारे बुधबार संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्ञवालीले उक्त धारणा राखेका हुन् ।

मन्त्री ज्ञवालीले इन्डो-प्यासिफिक र एमसीसीलाई जोडेर हेर्नु आवश्यक नहुने भन्दै यी विषयमा नचाहिँदो हल्ला गरिएको टिप्पणी गरे। ‘एमसीसीबारे नेपालमा भएको छलफल वनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खायो भनेझैं भयो’, मन्त्री ज्ञवालीले भने, ‘इन्डो-प्यासिफिक र एमसीसीलाई जोडेर हेर्नु आवश्यक छैन। एमसीसी छुट्टै हो। नेपाल कुनै सैन्य गठबन्धनमा आबद्ध हुँदैन।’

उनले आधिकारिक व्यक्तिले गरेको हस्ताक्षरलाई विश्वास नगरी बाहिरी हल्लामा लाग्नु बेकार रहेको बताए। ‘सम्झौतामा मन्त्रीले गरेको हस्ताक्षरमा विश्वास नगर्ने बाहिर अरुले के-के भन्छन् त्यही पत्याउने, त्यो राम्रो भएन’, उनको जवाफ थियो, ‘गत वर्ष अमेरिकामा रहेको एमसीसीको कार्यालयमा गएको थिएँ। त्यसमा भारतलाई किन जोडेको भन्ने कुरा थियो। पूर्वपश्चि

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्