नेकपा स्थायी कमिटी बैठक स्थगित, भाेलि ११ बजे पुनः बस्ने

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित गरिएको छ ।

बुधबार करिब एक घण्टा बसेको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । नेताहरूकाे संसदमा जानुपर्ने भएकाले बैठक स्थगित भएकाे हाे

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबारको बैठकमा ५ जना स्थायी कमिटी सदस्यले आफ्ना धारणा राखेका थिए ।

बैठकमा सदस्यहरुले प्रधानमन्त्रीको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका विषयमा आफ्ना धारणा राखेका थिए ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरु लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राख्नुभएको थियो ।

मंगलबार १८ जनाले बोलेकामा सबैले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै उहाँको कार्यशैली र अभिव्यक्तिको आलोचना गरेका थिए ।

गत आइतबार ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको र त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चुलिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्