बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट आउने मूल्यसूची बढेर आएकाले सोअनुसार समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ। त्यस्तै मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ।

बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

काठमाडौंमा अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्