नेकपा स्थायी कमिटी बैठक आज पुन बस्दै: प्रधानमन्त्री ओली को जवाफको प्रतिक्षामा ?

Machchapuchchre

अर्थ राजनीति ~  नेकपा स्थायी कमिटीको बैठक आज पनि वस्दैछ । हिजो वसेको स्थायी कमिटीको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुपर्ने माग औपचारिक रुपमा प्रवेश भएको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका हुन् । सोमबार मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भारत आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको भन्ने अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री ओलीलाई नेताहरुले त्यस विषयमा स्पष्टिकरण मागेका थिए ।

प्रधानमन्त्री ओलीले स्थायी समितिमा भएका कुराहरु भारतीय मिडियामा जस्ताको तस्तै आएको सुनाउँदै भारत आफूलाई हटाउन लागेको दोहोर्‍याउनु भएको थियो । त्यसपछि अध्यक्ष दाहालले तपाईको राजिनामा भारतले होइन मैले मागेको हो भन्दै प्रधानमन्त्री र अध्यक्ष पद दुवै छाड्नुस भन्नुभएको थियो ।

बैठक मूलतः प्रधानमन्त्रीको सोमबारको अभिव्यक्ति र प्रधानमन्त्रीबाट पार्टीका नेताले मागेको स्पष्टीकरणमा केन्द्रीत रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । आज प्रधानमन्त्री निवास वालुवजाटारमा ११ बजे देखि वैठक वस्न लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्