लकडाउन पूर्ण रुपमा दशैं अगाडि मात्र खोलिने, हाललाई ५ चरण गरेर यस्तो ब्यबस्ता…

Machchapuchchre

अर्थ राजनीति ~ अन्ततः सरकारले लकडाउन खुकुलो बनाउँदै खोल्ने नीति ल्याउने भएको छ । यसका लागि मिति तोकेरै ५ चरणमा गर्ने गरी स्वरुप तयार भइसकेको बताइएको छ ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले तयार पारेको स्वरुप मन्त्रिपरिषदबाट पारित गरी अगाडी बढाइनेछ । यो असार १ बाट मात्र लागु हुनेछ । लकडाउन पूर्ण रुपमा दशैं अगाडि मात्र खोलिने गरी तयारी भएको छ । तर, खुकुलो भने पारिदै लगिनेछ । लकडाउनले दैनिक जनजीवन प्रभावित भएको र विरोध बढेपछि सरकारले विज्ञसँगको सुझावका आधारमा पछिल्लो तयारी गरेका हो ।

पहिलो चरण
हालको लकडाउन सकिएपछिको २ हप्तालाई पहिलो चरणको रुपमा लिइएको छ । पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोलिने उल्लेख छ । कृषिमा दुध, अन्नबाली, तरकारी, फलफुल, सम्पूर्ण कृषिजन्य उत्पादनको कार्य आशिंक खोल्ने प्रस्ताव छ ।

तर, सुरक्षात्मक उपायहरु अपनाई सामाजिक दूरी काय गरी संचालन गर्नुपर्ने हुन्छ । त्यसको रेखदेख गर्न भने स्थानीय निकाय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, परिस्थिति जटिल बन्दै गए स्थानीय प्रशासनको निर्णयमा सेनासमेत खटिने उल्लेख छ । असार १ गतेपछि आंशिक रूपमा हवाइ उडान सुरु गर्ने प्रस्ताव छ ।

यस्तै, दैनिक उपभोग्य सामग्री विक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालनमा ल्याउने प्रस्ताव छ । तर, अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाईराख्ने भएको छ ।

दोस्रो चरण
पहिलो चरणको अनुभवका आधारमा स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्ने । यस्तै, जीमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालय भने आंशिक रूपमा मात्रै खोल्न दिने । तर, धार्मिक स्थल, खेलकुदसँग सम्बधित केन्द्र, व्युटि पार्लर, सैलुन आदि भने त्यस तहमा पूर्णरूपमा बन्द गर्ने ।

तेस्रो चरण
दोस्रो चरणमा खुल्ने सबैसहित निजी सवारी साधन सञ्चालन गर्न दिने । सवारी साधान सुरक्षात्मक उपाय अवलम्बन गरी जोर र विजोर नम्बर प्रणालीका आधारमा निजी सवारी साधन व्यवस्थापन गर्ने । लामो दूरीका सार्वजनिक यातायात तथा हवाइ उडान सेवा पनि सुरु गर्ने ।

चौथो चरण
तेस्रो तहको लकडाउनको मूल्याङ्कन गरी २ हप्ता थप गर्ने, संक्रमितको आधारमा संक्रमित जिल्ला र संक्रमण रहित जिल्ला छुट्याई संक्रमण रहित जिल्लामा शिक्षा क्षेत्र बाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम गरी लकडाउन हटाउने उल्लेख छ । यो चरणमा धार्मिक, जमघटस्थलबाहेक सबै ठाउँ खुला गर्ने उल्लेख छ । बाह्य उडान भने आशिंक रुपमा चल्न दिने योजना छ ।

पाँचौ चरण
चौथो चरणको स्वरुपको मुल्याङ्कन गरी दुई हप्तालाई पाँचौ चरण मानिएको छ । यो चरणमा विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवाहरू, सूचना तथा संचार, बैकिंङ् तथा वित्तिय संस्था, खेलकुद, धार्मिक स्थल, सरकारी तथा निजी कार्यालय संचालन गर्ने । घरेलु तथा साना उद्योग, अन्य ठूलो उद्योग र कलकारखाना, विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवका आयोजनामा काम गर्नेलगायत सबै खुला गर्ने ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्