नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या थपियो, तनहुँमा थप दुई संक्रमित

Machchapuchchre

अर्थ राजनीति ~ नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको हो ।

१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका २० वर्षीय युवाको बुधबार राति मृत्यु भएको थियो ।

भारतबाट फर्केका उनलाई १४ दिन क्वारेन्टाइनमा राखेर आरडिटी परीक्षण गर्दा नेगेटिभ देखिएपछि घर पठाइएको थियो ।

यता तनहुँमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । तनहुँको ऋषिङ गाउँपालिकामा वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

तनहुँमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्