साइबर ठगी नियन्त्रण : प्रहरी र सेवा प्रदायक एकै ठाउँ, मंसिरदेखि काम सुरु
Artharajniti ~ वित्तीय कारोबार प्रविधिमा आधारित भएसँगै बढेको साइबर ठगी नियन्त्रण गर्न नेपाल राष्ट्र बैंक, प्रहरी, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा दूरसञ्चार सेवा प्रदायक एकै स्थानमा आएका छन् । दैनिक २ सयदेखि ३ सयसम्म ठगीका उजुरी आउन थालेपछि नेपाल प्रहरीको पहलमा सरोकारवाला सबैले एउटै स्थानबाट काम गर्ने संयन्त्र विकास गरेका हुन् । […]
