यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १६ निर्णय

काठमाडौं । नारायणी नदीमा संचालन गर्न लागिएको पानीजहाज (क्रुज)का लागि स्टेसन (पोर्ट) निर्माण गर्न सरकारले राष्ट्रिय वन क्षेत्रको एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् । माघ २७ र २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा […]

जाने सूचना जारी गरेर जनयुद्ध दिवसको कार्यक्रममा गएनन् प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष्य केपी शर्मा ओली २५ औं जनयुद्ध दिवसको अवसरमा पूर्व माओवादी नेताहरुले आयोजना गरेको कार्यक्रममा सहभागी भएका छैनन् । नेकपा र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी बिहीबार २५ औं जनयुद्ध दिवस मनाउँदैछन् । नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी […]

पहिलो चरणको दादुरा-रुबेलाविरुद्धको खोप अभियान आजबाट ३४ जिल्लामा सञ्चालन हुँदै

काठमाडौं । आजबाट दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु गरिँदैछ । सरकारले दादुरा र रुबेला रोग विरुद्धको खोप अभियान कार्यक्रम दुई चरणमा गर्ने यसअघि नै जानकारी दिइसकेको छ । सरकारले पहिलो चरणमा फागुन एक गते देखि ३० गतेसम्म एक महिना र दोस्रो चरणमा चैत एक गतेदेखि ३० गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको परिवार कल्याण महाशाखाले जानकारी […]

पूरा भयाे क्वारेन्टाइन निर्माण : कोरोनाको संक्रमण फैलन नदिन उच्च सर्तकता अपनाइने

काठमाडाैं । सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपाली विद्यार्थीलाई राख्ने स्थानको व्यवस्थापन र तयारी पूरा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य विभागले बुधबार चाँगुनारायण नगरपाकिालमा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन स्वास्थ्य मन्त्रालयले सम्बद्ध अन्य मन्त्रालय र जिम्मेवार निकायसँग समन्वय गरी […]

माधब नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं ।  पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईले भ्रष्टाचार मुद्दाको अभियुक्त बनाउनुपर्ने मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बालुवाटारको ललिता निवासको जग्गालाई ब्यक्तिका नाममा नामसारी गर्ने प्रकरणमा संलग्न भएकाले नेपाल र भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनुपर्ने रिट दायरकर्ताको माग छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल र भट्टराईविरुद्ध पनि भ्रष्टाचार […]

एकैपटक २ सय बढीलाई बिरामी बनाउने रुघाखोकी जाँच्न मन्त्रालयको टोली सिन्धुपाल्चोक प्रस्थान

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ । जुगल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अनिल साउदका अनुसार स्वास्थ्य मन्त्रालयको टोली बुधबार साँझसम्म आइपुग्ने बताए । उनले भने, ‘बिरामी औषधि खाएर निको भएका पनि छन् तर अस्वाभाविक रुपमा धेरै भएपछि हामीले उहाँहरुलाई बोलाएको हो । […]

अमेरिकामाथि नेपालको कीर्तिमानी जित, सन्दीप एक्लैले लिए ६ विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले अमेरिकाविरुद्ध ८ विकेटको जीत हात पारेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य पुरा गर्न नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर ३६ रन बनाएको हो । नेपालका लागि पारस […]

कोरोना महामारी – मृत्यु हुनेको संख्या ११ सय ७ पुग्यो, ४४ हजार ६ सय बढी सङ्क्रमित

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । पछिल्लो २४ घण्टामा हुवेई प्रान्तमा थप ९४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ सय ७ पुगेको सीएनएनले जनाएको छ । यसमध्य ११ सय ५ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । हुवेई […]

ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए । हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उनका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाउँदैछन् । यही ब्याचको वैकल्पिक […]

ठाकुर ज्ञवालीलाई आईजीपी बनाउन गृहको प्रस्ताव

काठमाडौं । गृह मन्त्रालयले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको हो । बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद बैठक सुरु हुने जनाएको छ । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय गरेको थिएन । बरु बैठकलगत्तै […]