संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन – सुन तस्करी तहसनहस बनाइयो, दुई वर्ष पूरा गर्नु पनि सरकारको उपलब्धि

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीलाई पक्राउ गरेर कारबाही गरिएको बताएका छन्। सुन तस्करी तहसनहस बनाइएको दाबी प्रधानमन्त्रीको छ। प्रतिनिधिसभा संसदमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले सुन तस्करी निमिट्टान्न बनाइएको बताए। तस्करीमा संलग्नहरू जेलमा रहेको उनले बताए। ‘मझेरीदेखि जंगलसम्म सुन लुकाउनेलाई कारबाही गरिएको छ,’ उनले भने। ओलीले एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा […]

सरकार गठनका दुई वर्ष – प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको २ बर्ष उपलब्धीबारे आज संसदमा सम्बोधन गर्ने भएका छन । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि हिजै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि संसद बैठक शोक प्रस्ताव पारित […]

बिदा मनाएर फर्किएकालाई क्वारेन्टाइनमा राख्न बेइजिङको निर्देशन

काठमाडौं । सबैभन्दा ठूलो आवादी क्षेत्रमध्येको एक बेइजिङमा कोरोना भाइरस फैलन नदिन चीनले थप सतर्कता अपनाएको छ । नियन्त्रण अभियानअन्तर्गत निगरानीका अनेक उपाय अवलम्बन गरेको चीनले पछिल्लाेपटक भने देशका अन्य भागबाट बेइजिङ फर्किएकाहरू १४ दिन क्वारेन्टाइनमा बस्नैपर्ने नियम बनाएकाे छ । चीनको बेइजिङ भाइरस प्रिभेन्सन वर्किङ ग्रुपले शुक्रबार एक सूचना जारी गर्दै नयाँ वर्ष मनाएर […]

नेपाल र भट्टराई विरुद्ध मुद्दा नचलाउनाको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाइएकोप्रति सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउनाको कारण १५ दिनभित्र पेश गर्न विपक्षी अख्तियार दुरुपयोग […]

कांग्रेस सांसदको निधनपछि प्रधानमन्त्रीको सम्बोधन रोकियो, भोलि हुने

काठमाडाैं । प्रधानमन्त्री केपीशर्मा ओलीले आज संसदमा सम्बोधन नगर्ने भएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने आजको कार्यक्रम स्थगित गरेका हुन्। कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि कांग्रेसले प्रधानमन्त्रीलाई सम्बोधन नगर्न आग्रह गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार विहान ११ बजे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने […]

प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग, यस्ताे छ कारण

काठमाडौं । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ । क्यान्सरबाट पीडित राष्ट्रियसभा सदस्य उपाध्यायको रुपन्देहीमा शुक्रबार बिहान निधन भएकाले आजको सदन स्थगित गर्न कांग्रेसले माग गरेको छ । शोकका कारण सदन स्थगित गर्न माग गर्दै कांग्रेस सचेतक पुष्पा भुसालले […]

दिलिप महतो हत्या प्रकरण – क्रसर सञ्चालकसहित तीन जना पुर्पक्षका लागि जेल चलान

धनुषा । धनुषाका दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या गरेको आरोप लागेका मध्ये तीन जना पूर्वपक्षका लागि जेल चलान भएका छन् । अन्य तीन जना आरोपी भने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहीबार आरोपी तीन जनालाई पुर्पक्षका जेले पठाउने आदेश दिएका थियो । टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित […]

कांग्रेसका राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ। क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचार भए पनि निको भएको थिएन। उनको शुक्रबार विहान रूपन्देहीस्थित निवासमा निधन भएको हो। नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उपाध्यायको निधन भएको जानकारी दिए। उपाध्याय रूपन्देहीका हुन्। उनले यसअघि रूपन्देहीमा क्षेत्रीय सभापति रहेर काम गरेका थिए। कांग्रेस संसदीय दलका […]

कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या १४ सय ८३ पुग्यो, ६५ हजार बढी संक्रमित

काठमाडौँ । चीनमा माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८३ पुगेको छ । कोरोनाको संक्रमणबाट ६५ हजारभन्दा बढी संक्रमित भएका छन् । बिहीबार हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८३ पुगेको सीएनएनले जनाएको छ । कोरोनाको संक्रमणका कारण चीनबाहेक […]

आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’, कसरी भयो सुरुवात ?

काठमाडाैं । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ लोकप्रिय हुँदै आएको छ । नेपाललगायत पूर्वी गोलार्द्धका मुलुकमा पनि विश्वव्यापीकरण र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण भ्यालेन्टाइन्स डे र अन्य पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको देखिन्छ […]