नेपाल र भट्टराई विरुद्ध मुद्दा नचलाउनाको कारण पेश गर्न सर्वोच्चको आदेश

Machchapuchchre

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाइएकोप्रति सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउनाको कारण १५ दिनभित्र पेश गर्न विपक्षी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार सर्वोच्च अदालतमा रिट दायर गर्दै बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई प्रतिवादी बनाउनका लागि आदेश जारी गर्न मागदावी गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्