दिलिप महतो हत्या प्रकरण – क्रसर सञ्चालकसहित तीन जना पुर्पक्षका लागि जेल चलान

Machchapuchchre

धनुषा । धनुषाका दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या गरेको आरोप लागेका मध्ये तीन जना पूर्वपक्षका लागि जेल चलान भएका छन् । अन्य तीन जना आरोपी भने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहीबार आरोपी तीन जनालाई पुर्पक्षका जेले पठाउने आदेश दिएका थियो ।

टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो भने पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतो जनही २५ हजार धरौटी रकम बुझाएर साधारण तारेखमा रिहा भएका छन् । खोलामा अवैध उत्खनन भइरहेको जानकारी पाएपछि गत पुस २५ गते विहान दिलीपको हत्या भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्