प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग, यस्ताे छ कारण

Machchapuchchre

काठमाडौं । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको छ । क्यान्सरबाट पीडित राष्ट्रियसभा सदस्य उपाध्यायको रुपन्देहीमा शुक्रबार बिहान निधन भएकाले आजको सदन स्थगित गर्न कांग्रेसले माग गरेको छ ।

शोकका कारण सदन स्थगित गर्न माग गर्दै कांग्रेस सचेतक पुष्पा भुसालले संसद सचिवालयमा पुगेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे आज प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची छ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो दुई बजे बस्दै छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘दुई वर्षे कार्यकालको सन्दर्भमा दुई गते, दुई बजे प्रधानमन्त्रीज्यूले संसदलाई सम्बोधन गर्नु हुने छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्