संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन – सुन तस्करी तहसनहस बनाइयो, दुई वर्ष पूरा गर्नु पनि सरकारको उपलब्धि

Machchapuchchre

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीलाई पक्राउ गरेर कारबाही गरिएको बताएका छन्। सुन तस्करी तहसनहस बनाइएको दाबी प्रधानमन्त्रीको छ। प्रतिनिधिसभा संसदमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले सुन तस्करी निमिट्टान्न बनाइएको बताए। तस्करीमा संलग्नहरू जेलमा रहेको उनले बताए। ‘मझेरीदेखि जंगलसम्म सुन लुकाउनेलाई कारबाही गरिएको छ,’ उनले भने।

ओलीले एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुलाई पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने बताएका छन् । सरकार गठनको दुई वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार बिहान प्रतिनिधिभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका कामहरुबारे सदनलाई जानकारी गराइरहेका छन् ।

सम्वोधनको सुरुमै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गरेको सात ७३१ दिन अर्थात दुई वर्ष पूरा भएको छ । लामो समयसम्म ६÷७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने अवस्था आउँदोरहेछ ।’

आफूले यसअघि संसदमा सम्वोधन गर्न खोज्दा नपाएपछि बाहिरै बोल्नुपरेको प्रधानमन्त्रीले स्मरण गरे । त्यसैगरी शुक्रबार संसदमा सम्वोधन गर्द लाग्दा राष्ट्रियसभा सदस्यको निधनका कारण बोल्न नपाएको भन्दै उनले मृतक राष्ट्रियसभा सदस्य दूर्गाप्रसाद उपाध्ययनप्रति श्रद्धाञ्जली प्रकट गरे । प्रधानमन्त्री ओलीले संसदमा बोल्दै आफ्नो सरकारमाथि उठेका सार्वजिनक प्रश्नहरुको प्रतिवाद गरिरहेका छन् ।

ओलीले सरकारका काममाथि कतिपयले गरेको तर्क सुनेर आफू विस्मित हुने गरेको बताएका छन्। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले केही गरेन, गफ गरेर हुन्छ? भन्नेहरूप्रति कटाक्ष गरे। ‘सरकारको कामबारे कुरा गर्दा गफ गरेर हुन्छ, गर्छु भनेर हुन्छ, काम गरेको देखिनुपर्‍यो। तथ्य/आँकडा प्रस्तुत हुनपर्‍यो भन्ने सुन्थें,’ उनले भने, ‘परिवेश अहिले बदलिएको देखियो। थेगोजस्तै बनेको छ, अंक र आँकडाले हुन्छ? ग्लोबल इन्डेक्समा होइन, जनतामा इम्प्रेसन के छ? भन्नेजस्ता कुरा सुनिन थाल्यो।’

उनले यस्ता तर्क सुन्दा आफू विस्मित हुने गरेको उल्लेख गर्दै थपे, ‘यस्ता कुरा सुनेर बेलाबेला विस्मित हुने गर्छु। मरूँ कि जस्तो पनि लाग्छ। तर ठीकै छ।’ प्रधानमन्त्रीले सुन तस्करीलाई पक्राउ गरेर कारबाही गरिएको बताएका छन्। सुन तस्करी तहसनहस बनाइएको दाबी प्रधानमन्त्रीको छ। तस्करीमा संलग्नहरू जेलमा रहेको उनले बताए। ‘मझेरीदेखि जंगलसम्म सुन लुकाउनेलाई कारबाही गरिएको छ,’ उनले भने।

प्रधानमन्त्रीले सडक कालोपत्रलाई सरकारले प्राथमिकता दिएको बताए। ‘प्रतिदिन करिब छ किमी सडक कालोपत्र भइरहेको छ। सरकार बनेपछि तीन हजार छ सय ३६ किमी सडक कालोपत्र भएको छ,’ प्रधानमन्त्री ओलीले भने। तीन हजार किमीभन्दा बढी सडक गाभ्रेल भएको उनले बताए। सरकार बनेपछि तीन सय २५ वटा पुल निर्माण भएको प्रधानमन्त्रीको भनाइ छ। यो चालु आर्थिक वर्षमा मात्रै ४१ पुल बनेको प्रधानमन्त्री ओलीले बताए।

देश अब तुइनमुक्त भएको प्रधानमन्त्रीले दाबी गरे। एक सय ३० भन्दा बढी तुइन रहेकोमा अहिले डेढ दर्जन पनि नरहेको र ती तुइन विस्थापित गरी पुल निर्माण कार्य भइरहेको बताए। ओलीले एउटै सरकार दुई वर्षसम्म चल्नुलाई पनि उपलब्धिका रूपमा लिनुपर्ने उल्लेख गरेका छन्। ‘एउटै सरकार दुई वर्ष चल्दा पनि उपलब्धिका रूपमा लिनुपर्दो रहेछ,’ प्रधानमन्त्री ओलीले भने।

उनले सरकार बनेको पहिलो वर्ष कानुन निर्माणमा ध्यान दिएको बताए। ‘दोस्रो वर्षलाई विकास आरम्भ वर्षको रूपमा लिएका छौं,’ उनले भने। प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनका बेलाका कुरा सम्झिए। ‘कम्युनिष्टको सरकार बन्यो भने हाँस्न त के रून पन पाइँदैन भन्ने थियो। तर वास्तविकता त्यस्तो थिएन,’ उनले भने, ‘लोकतन्त्र संकटमा परेको अधिनायकवाद आउन लागेको भन्ने होइन।’

उनले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न लागेको भन्दै माइतीघरमा कहिले गुठी विधेयक अवतारमा त कहिले मिडिया विधेयकलाई लिएर चर्चा भएको पनि बताए। उनले गरिबी घटाउन र रोजगारी वृद्धिमा सरकारले काम गरिरहेको बताए। रोजगारीमा एक प्रतिशतले वृद्धि भएको उनको भनाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्