श्रम बजारमा प्रवेश गर्ने सबैलाई रोजगारी दिएका छौं : प्रधानमन्त्री

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बजारमा आउने नयाँ युवाले रोजगारी पाइरहेको दावी गरेका छन् । शनिबार संसदमा गरेको सम्बोधनमा २ वर्षको सरकारको प्रगति सुनाउने क्रममा उनले श्रम बजारमा आउने नयाँ जनशक्तिले रोजगारी पाइरहेको बताए । ‘श्रम बजारमा प्रवेश गर्ने नयाँ युवालाई रोजगारी दिएका छौं, नयाँ आउने श्रमशक्ति अनुसार रोजगारी बढाएका छौं, श्रम बजारमा नयाँ आउने जनशक्तिलाई रोजगारीले भेट्ने भेट्ने स्थिति छ,’ उनले भने ।

अब पुराना बेरोजारलाई मात्र रोजगारी दिन बाँकी रहेको उनले बताए । उनीहरुको तथ्यांक श्रम मन्त्रालयले तथ्यांक संकलन गरिरहेको भन्दै उनले शिक्षा र सिपलाई जोड्न नसक्दा युवा साक्षर शिक्षित बेरोजाार बन्न पुगेको उनले बताए । उनले सिप अभावले बेरोजार हुने स्थिति सरकारले हटाउने बताए । प्रधानमन्त्री ओलीले एमसीसी परियोजनाले नेपाली अर्थतन्त्रको तस्बिर बदलिदिने दाबी गरेका छन् । सम्बोधन गर्ने क्रममा शनिबार उनले एमसीसीले नेपालको अर्थतन्त्र र ऊर्जा उपयोगको तस्बिर बदलिदिने दाबी गरेका हुन् ।

नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौताले नेपालको सडक र ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने कार्यक्रम अगाडि सारेको छ। सम्झौतामा रहेका कतिपय व्यवस्थालाई लिएर नेकपाभित्र विवाद रहेका बेला ओलीले संसद्‍मा यस्तो अभिव्यक्ति दिएका हुन्।

‘आगामी ५ वर्षभित्र यो एमसीसी योजना पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिकव्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्बिर बदलिने निश्चित छ,’ ओलीले भने। अमेरिका सरकारको ५० अर्ब र नेपालको १३ अर्बको लगानी रहेको एमसीसी परियोजनाले राष्ट्रिय गौरवको पहिचान प्राप्त गरेको उनको भनाइ थियो। ‘एमसीसी कम्प्याक्ट अन्तर्गत गोरखपुरसम्म प्रशारण लाइन दीर्घकालीन योजना तयार भएको छ। यो लगानी एमसीसीले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ,’ उनले भने।

एमसीसी परियोजनाअन्तर्गत नेपालको भूभाग हुँदै भारतको गोरपुरसम्म १२० किलोमिटर लम्बाइको ४०० केभी क्षमताको प्रशारण लाइन विस्तार गर्ने कार्यक्रम हो। त्यसका लागि नेपाल सरकार र भारत सरकारबीच सहमति भइसकेको प्रधानमन्त्रीले बताए। ‘नेपालको उत्पादित विद्युत् भारत र बंगलादेश बेच्न बाटो खुलेको छ। अन्य देशमा निर्यात गर्ने बाटो पनि सुनिश्चित भएको छ,’ उनले थपे।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्