शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्री, दिउँसो ३ बजे शपथ

काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् । तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त […]

सप्तरीमा जारी मुस्लिम सम्मेलनमा सहभागी एक नेपालीसहित दुई जनाको मृत्यु

सप्तरी । मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार धार्मिक सम्मेलनमा सहभागी हुन आएका एक भारतीय र एक नेपालीको मृत्यु भएको हो । सम्मेलनस्थलमा शनिबार साँझ बेहोस भएका एक जना भारतीयको मृत्यु भएको थियो । भारत मोतिहारी जिल्लाका ७४ वर्षीय हारु रसिदको मृत्यु भएको जिल्ला […]

कोरोना भाइरस – मृतकको संख्या १७ सय नजिक, ४० जना अमेरिकी पनि संक्रमित

काठमाडौं । ४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकी मध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएपछि उनिहरुलाई जापानमै राखेर उपचार सुरु भएको छ । बाँकी ३ सय ६० जना अमेरिकी भने स्वदेश फर्किरहेका छन । उनिहरुलाई दुई वटा […]

कांग्रेसको नजरमा सरकारका दुई वर्ष – अयोग्यता, असफलता र अधोगतिको आठकोण सार्वजनिक

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले ५ वर्षका लागि म्याडेन्ट प्राप्त सरकारले जनअपेक्षा अनुरुप कार्य गर्न नसकेको बताएको छ । सरकारलाई विभिन्न अनुकूल परिस्थितिहरु भएपनि सहज समयको सदुपयोग सरकारले परिणाममुखी ढंगले विल्कुलै काम गर्न नसेकेको कांग्रेसले दाबी गरेको छ । कांग्रेसले दोस्रो वर्ष सरकारले पास मार्क ल्याउन नकेकेको टिप्पणी गरेको छ । केपी शर्मा ओली नेतृत्वको […]

महराविरुद्धको मुद्दामा बहस सकियो, केही बेरमै फैसला आउँदै

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो। महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी,लभ मैनाली,दिनमणी पोखरेल,भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए । संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि […]

प्रदेश २ को नामाकरणमा विपक्षी दलहरु लचक, सत्तारुढ दलकाे अडान कायमै

जनकपुरधाम । प्रदेश २ को नामाकरणमा विपक्षी दलहरु लचिला देखिए पनि सत्तारुढ दलले आफ्नो अडान कायमै राखेका छन् । त्यही कारण आइतबार पनि सहमति जुट्न सकेन । सभामुख सरोजकुमार यादव नेतृत्वको उच्चस्तरीय संसदीय समितिमा आइतबार प्रदेशको नामबारे छलफल भएको थियो । बैठकमा मुख्यमन्त्री लालबाबु राउत, राष्ट्रिय जनता पार्टी (राजपा) संसदीय दलका नेता एवं भौतिक पूर्वाधारमन्त्री […]

निवर्तमान सभामुख महराको अन्तिम सुनुवाइ आज, के आउला फैसला ?

काठमाडौं । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो । अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार सम्भवतः आइतबारै फैसला आउनेछ । यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो । […]

चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटी पुर्‍याइयो, १५ दिन क्वारेन्टाइनमा रहने, ६ जनालाई उतै रोकियो

काठमाडौं । चीनको वुहान शहरबाट उद्धार गरेर ल्याइएका १७५ जना नेपाली सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ । […]

मध्य मालीमा जातीय हिंसा बढ्यो, कम्तीमा ३१ जनाको मृत्यु, दर्जनौं घाइते

बामाको । अफ्रिकी मुलुक मालीमा भएको जातीय हिंसामा परी कम्तीमा ३१ जना मारिएका छन् । घुमन्ते गोठालो जीवन बिताउने फुलानी आदिवासीको बसोबास रहेको मध्य मालीको ओगोसागोउ गाउँमा हातहतियार सहित आएको समूहले आक्रमण गरेको बताइएको छ । आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् । यस आक्रमण कसले गराएको भन्नेबारे स्थानीय अधिकारीले केही नखुलाएपनि गाउँलेले आक्रमणमा शिकारी […]

नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी चीनतर्फ उड्यो, यस्तो छ तयारी

काठमाडौं । चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ । उक्त विमान नेपाली समयअनुसार आइतबार बिहान २:१५ मा नेपाल आइपुग्नेछ । बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको छ । ‘हुबेई प्रान्तका विभिन्न ठाउँबाट पाँचवटा बसमा हाम्रा नागरिक शनिबार साँझसम्म वुहान पुर्‍याउँदै छौँ र […]